
काठमाण्डौ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भएको १०औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा प्रतिस्पर्धी सुमन पुरीलाई एक सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा विजयी भए । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत प्राप्त गरे । सर्वसम्मतीको प्रयास असफल भएपछि मतदानबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
पुरी यसअघि महासचिव थिए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईं, उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेशी सचिवमा मोबिन अख्तर आलम विजयी भएको छ ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ जेष्ठ २०८२, बुधबार ०८:४८
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
