
काठमाडौँ , पूर्वी चीनको एक विशाल रासायनिक कारखानामा भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु र १९ जना घाइते भएको सरकारी मिडियाहरूले जनाएका छन्।
शान्डोङ प्रान्तको वेइफाङ सहरमा रहेको शान्डोङ योडाओ केमिकल कम्पनीको कारखानामा मंगलबार बिहानको अन्त्यतिर विस्फोट भएको हो। छ जना अझै बेपत्ता रहेको चीनको सरकारी टेलिभिजन सीसीटीभी र समाचार संस्था सिन्ह्वाले जानकारी दिएका छन्।
उक्त कारखाना एक औद्योगिक पार्कभित्र रहेको छ, जहाँ कीटनाशक र औषधि उद्योगमा प्रयोग हुने रासायनिक तत्त्वहरू उत्पादन गरिन्छ। सीसीटीभीका अनुसार, विस्फोटपछि लागेको आगो नियन्त्रण गर्न ठुलो मात्रामा उद्धार टोली खटाइएको छ। २३० भन्दा बढी उद्धारकर्मी घटनास्थलमा पठाइएको जनाइएको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ जेष्ठ २०८२, मंगलवार २२:००
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
