
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा उत्रिएमा गणतन्त्र एकै दिनमा समाप्त हुने दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा उनले भारतमा १९० वर्षसम्म चलेको ब्रिटिश शासन भद्र अवज्ञाको माध्यमबाट अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र पनि शान्तिपूर्ण आन्दोलनमार्फत हटाउन सकिने बताए ।
लिङ्देनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट वर्तमान व्यवस्थालाई परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे । उनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको उल्लेख गर्दै यही स्थिति कायम रहे जनताले वर्षौंसम्म पनि सकारात्मक परिवर्तनको अनुभव गर्न नसक्ने बताए ।
उनले देशको अवस्था बिग्रँदा केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डलाई कुनै असर नपर्ने, तर युवाहरूको भविष्य जोखिममा पर्ने भएकाले युवाहरू सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । वर्तमान राजनीतिक दलहरूले देशलाई थप सङ्कटतर्फ धकेल्ने भन्दै उनले समयमै व्यवस्था परिवर्तनको आवश्यकता औँल्याए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ जेष्ठ २०८२, मंगलवार ०८:४६
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
