गुवाहाटी (एजेन्सी) । उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।
“उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।”
उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ ।
चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ । भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।
सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-10-04
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
