
तस्बिर : पद्मसागर कक्षपती
काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक “नौं तल्ले दरबार” अबदेखि आम नागरिक र पर्यटकहरूको लागि सशुल्क अवलोकनका लागि खुला गरिएको छ। ऐतिहासिक महत्व बोकेको यो दरबारको उद्घाटन गएको मङ्गलबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे द्वारा विधिवत रूपमा सम्पन्न गरिएको हो।

यो दरबार मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ, जसले गोरखा र नुवाकोट दरबारहरूको झल्को दिने गरी निर्माण गरिएको छ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको यस संरचनालाई मित्रराष्ट्र चीनको आर्थिक तथा प्राविधिक सहायतामा पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण सम्पन्न भएपछि दरबार अहिले सर्वसाधारणको लागि खुला गरिएको हो।

संस्कृति मन्त्रालयका अनुसार दरबारको अवलोकन सशुल्क हुनेछ। स्वदेशी तथा विदेशी पर्यटकहरूले तोकिएको शुल्क तिरेर दरबारको अवलोकन गर्न सक्नेछन्। दरबार परिसरमा सुरक्षा व्यवस्था, सांस्कृतिक जानकारी दिने सूचना पाटीहरू र आगन्तुकहरूको सहुलियतका लागि पूर्वाधारहरू तयार गरिएको छ।

उद्घाटन समारोहमा मन्त्री बद्री प्रसाद पाण्डेले भने, “इतिहास र संस्कृति हाम्रो गौरव हो। पुनर्निर्मित यो दरबार सम्पदा संरक्षणमा गरिएको उदाहरणीय कार्य हो, जसले पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान दिनेछ।” कार्यक्रममा स्थानीय बासिन्दा, सम्पदासँग सरोकार राख्ने निकायका प्रतिनिधिहरू तथा स्वदेशी–विदेशी पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ जेष्ठ २०८२, बिहीबार ०९:२१
टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

Seven health facilities from Gandaki Province have been provided ambulance

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
Steep decline in cliff honey harvest in Myagdi

Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
