तस्बिर : पद्मसागर कक्षपती
काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक “नौं तल्ले दरबार” अबदेखि आम नागरिक र पर्यटकहरूको लागि सशुल्क अवलोकनका लागि खुला गरिएको छ। ऐतिहासिक महत्व बोकेको यो दरबारको उद्घाटन गएको मङ्गलबार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे द्वारा विधिवत रूपमा सम्पन्न गरिएको हो।

यो दरबार मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ, जसले गोरखा र नुवाकोट दरबारहरूको झल्को दिने गरी निर्माण गरिएको छ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको यस संरचनालाई मित्रराष्ट्र चीनको आर्थिक तथा प्राविधिक सहायतामा पुनर्निर्माण गरिएको हो। पुनर्निर्माण सम्पन्न भएपछि दरबार अहिले सर्वसाधारणको लागि खुला गरिएको हो।

संस्कृति मन्त्रालयका अनुसार दरबारको अवलोकन सशुल्क हुनेछ। स्वदेशी तथा विदेशी पर्यटकहरूले तोकिएको शुल्क तिरेर दरबारको अवलोकन गर्न सक्नेछन्। दरबार परिसरमा सुरक्षा व्यवस्था, सांस्कृतिक जानकारी दिने सूचना पाटीहरू र आगन्तुकहरूको सहुलियतका लागि पूर्वाधारहरू तयार गरिएको छ।

उद्घाटन समारोहमा मन्त्री बद्री प्रसाद पाण्डेले भने, “इतिहास र संस्कृति हाम्रो गौरव हो। पुनर्निर्मित यो दरबार सम्पदा संरक्षणमा गरिएको उदाहरणीय कार्य हो, जसले पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान दिनेछ।” कार्यक्रममा स्थानीय बासिन्दा, सम्पदासँग सरोकार राख्ने निकायका प्रतिनिधिहरू तथा स्वदेशी–विदेशी पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-22
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
