
काठमाडौं । गम्भीर दुर्घटनामा परी स्पाइनल इन्जुरी भएका गोरखाका बिकास श्रेष्ठको उपचारका लागि आर्थिक अभाय भएकाले सहयोगका लागि अपिल गरिएको छ । भिमसेनथापा गाउँपालिका–८ अमलाभञ्ज्याङ्ग निवासी श्रेष्ठको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोगको अपिल गरिएको हो ।
गत २०८१ माघ २० गते गोरखाको भीमसेन गाउँपालिका वडा ८ मा कामको निरीक्षणका क्रममा कामदारले फालेको कंक्रिटको बोराले लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको क्रममा श्रेष्ठलाई स्पाइनल इन्जुरी भएको थाहा भएको थियो । हाल उनको स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र, बनेपामा उपचार भइरहेकोे छ ।
तर, आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको परिवारका सदस्यले बताएको छ । उनलाई सहयोग गर्न इच्छुक महानुभावल एभरेष्ट बैंकको खाता नम्बर ०२०००५०१२१७५०५ (सम्झना श्रेष्ठ/हेमबहादुर श्रेष्ठ)मा सहयोग गर्न सक्नुहुनेछ । साथै, ९७६८९०८२६२ मा सम्पर्क गर्न सक्नेछन् । प्राप्त भएको सहयोग रकमको रसिद पनि काटिने छ ।
Sudina Shrestha
प्रकाशित: ८ जेष्ठ २०८२, बुधबार ०९:२९
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
