काठमाण्डौ । मौसम अनुकूल भएसँगै हिजो एकैदिन एक सय ३५ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको आरोहणमा एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो धेरै आरोहीले सगरमाथा चढेका हुन् ।
सगरमाथा आरोहणको शुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए ।
अहिलेसम्म दुई सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको र आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको उहाँले जानकारी दिए ।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुमा अहिलेसम्म ४७ आरोही समूहका ८६ महिला र तीन सय ८२ पुरुषसहित चार सय ६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
