तस्बिर : पद्मसागर कक्षपती
काठमाडौं । “के गर्ने त ? मजबुरीले कामलाई अपनाउनु नै पर्छ‘” – यो वाक्य हाल काठमाडौंमा पढ्दै गरेका धेरै युवाहरूको साझा भाव हो। काठमाडौंको महँगो बसोबास, पढाइको खर्च र दैनिक आवश्यकताहरू पुरा गर्न सक्नुपर्ने बाध्यताले गर्दा आजकलका विद्यार्थीहरू नयाँ–नयाँ प्रकारका जागिर वा कामतर्फ आकर्षित भइरहेका छन्।
कसैले अनलाइन डेलिभरी सेवा अपनाएका छन् भने कोही पार्ट टाइम बरिस्टा, रेस्टुरेन्ट स्टाफ, ट्युसन शिक्षक वा डिजिटल सामग्री निर्माणमा लागिरहेका छन्। “पढाइसँगै समय मिलाएर काम गर्न गाह्रो हुन्छ, तर पैसा कमाउनैपर्छ, नत्र काठमाडौंमा बाँच्नै सकिन्न,” एक विद्यार्थीले भने।
यो बाध्यात्मक रोजगारीले उनीहरूमा परिपक्वता र आत्मनिर्भरता ल्याएको देखिए पनि लामो समयसम्मको थकान, मानसिक दबाब र पढाइमा असर पर्ने अवस्था पनि उत्तिकै देखिएको छ। विज्ञहरू भन्छन् – “युवाहरूले आफ्ना क्षमताअनुसार सन्तुलन कायम गर्न सकेमा यो अवस्था दीर्घकालीन रुपमा उनीहरूको व्यक्तिगत विकासका लागि फाइदाजनक हुन सक्छ।”
यद्यपि, राज्यको तर्फबाट शिक्षा खर्च घटाउने, विद्यार्थी रोजगारी कार्यक्रम ल्याउने र सहुलियतपूर्ण सेवा प्रदान गर्ने प्रयास अझै प्रभावकारी रूपमा देखिएको छैन। काठमाडौंमा बसोबास गर्ने हजारौं युवाहरूको भोलिको सपना अहिलेको ‘मजबुरी’ मा लुकेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-18
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
