एफए कपको उपाधि क्रिस्टल प्यालेसलाई

काठमाण्डौ । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै एफए कपको उपाधि जितेको छ । प्यालेसले पहिलो पटक एफए कप उपाधि जितेको हो । वेम्बली स्टेडियममा गएराति भएको खेलमा इबेरेची एजेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन । सिटी यो सिजन ट्रफीविहीन भयो । प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ५ जेष्ठ २०८२, आईतवार ०९:०३