बागलुङ , बागलुङको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो। एक गाग्री पानी भर्न घण्टौं कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ।
गाउँपालिकाको ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताइन्। छन्त्यालले भनिन्, ‘बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ।’

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत रु पाँच लाख बराबरको काम गरेको थिए । साथै रु एक लाख स्थानीयले संकलन गरी कुल रु सो वडाका वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले बताए। आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन्भने छ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ। आयोजना सुरु भएको दुई वर्षभित्र गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन्। भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्रथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
