काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । वर्षाका कारण नेपाल र हङकङबीचको खेल ५-५ ओभरको हुने भएको छ । हङकङले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
वर्षाका कारण वेट आउटफिल्ड भएकोले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि खेलको ओभर छोट्याइएको हो । समूह सी मा नेपाल २ खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा छ भने हङकङ समान खेलबाट २ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले बहराइनलाई हराउदा हङकङसँगको अघिल्लो खेल वर्षाले रद्ध भएको थियो । यस्तै बहराइन र हङकङबीचको खेल पनि वर्षाका कारण हुन सकेन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
