ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १९, नेपाल क्यान्सर निवारण प्रतिष्ठान र करुणा सिटी क्लिनिकको संयुक्त आयोजनामा गत हफ्ता स्व-स्तन परीक्षण तालिम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रम पाटनस्थित रिलिफ गार्डेन रेष्टुरेन्ट, इखलकुमा आयोजना गरिएको थियो।



कार्यक्रमको प्रमुख अतिथि वडा नं. १९ का अध्यक्ष श्री राजेन्द्र महर्जन रहेका थिए। कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष श्री हरि गोपाल प्रधान, उपाध्यक्ष श्री निर्णय श्रेष्ठ, विशेष अतिथि डा. प्रफुल्ल शाक्य, समाजसेवी सुर बहादुर श्रेष्ठ, वरिष्ठ नर्स रूपा महर्जन र प्रेरणादायी युवा विक्की महर्जनको उपस्थिति रहेको थियो।

तालिम डा. प्रफुल्ल शाक्य र वरिष्ठ नर्स रूपा महर्जनले सञ्चालन गरेका थिए। सहभागीहरूलाई स्तन क्यान्सरको प्रारम्भिक लक्षणहरू, स्व-स्तन परीक्षण गर्ने तरिका, र त्यसको महत्वबारे विस्तृत जानकारी दिइएको थियो। तालिम अन्तरक्रियात्मक ढंगले सञ्चालन गरिएको थियो, जसमा सहभागीहरूले डाक्टरसँग प्रत्यक्ष रूपमा प्रश्न गर्न पाएका थिए।


करीब ७० जना सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका सदस्यहरू समेत कार्यक्रममा सक्रिय सहभागी रहेका थिए भने ललितपुर र काठमाडौंका विभिन्न स्थानहरूबाट उल्लेखनीय संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।



कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमलाई अत्यन्त ज्ञानवर्द्धक र उपयोगी अनुभव गरेका बताउँदै यस्ता कार्यक्रमले स्तन क्यान्सरको समयमै पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
तस्बिर : पद्मसागर कक्षपती
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
