काठमाण्डौ । पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । नवलपरासीमा पुल भाँचिएर र काभ्रेमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।
नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिएपछि आवतजावतमा रोक लगाइएको छ । ठूलो ट्रक पार गर्ने क्रममा पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् ।
ठूला टेलरबाहेक अरु गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले अनुरोध गरेको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागेर तम्सरिया गाउँबाट खोला तरी रानीटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिन्छ । यस्तै पश्चिमबाट पूर्व जाने गाडी फुलबारीबाट दक्षिण लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कन सक्छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
