
काठमाण्डौ । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो ।
परिमार्जित तालिका अनुसार जेठ तीनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । त्यस्तै जेठ ४ गते आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो ।
दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो । क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ३० बैशाख २०८२, मंगलवार ०८:१३
निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे

यातायात व्यवसायीको आन्दोलन स्थगित

आरसीबीलाई पहिलो पटक आईपीएल क्रिकेटको उपाधि

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच ऊर्जा सहकार्यबारे छलफल

Amendment of constitution should begin immediately: General Secretary Thapa

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
