काठमाण्डौ । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो १७ ‘मे’ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो ।
परिमार्जित तालिका अनुसार जेठ तीनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ । त्यस्तै जेठ ४ गते आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो ।
दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो । क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
