
काठमाडौं, श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् । करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् ।
यसअघि सन् २००५ को अप्रिलमा श्रीलंकाको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा एक रेलले ठक्कर दिँदा बसमा सवार ३७ जनाको मृत्यु भएको थियो ।यसैगरी सन् २०२१ को मार्चमा पासारा भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो ।
अधिकारीहरुले आइतबारको बस दुर्घटना पनि श्रीलंकामा भएका सबैभन्दा खराबमध्ये एक भनेका छन् ।
Sudina Shrestha
प्रकाशित: २९ बैशाख २०८२, सोमबार १०:१९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
