काठमाण्डौ । गभर्नर सिफारिश समितिका सदस्य डा.विश्व पौडेलले राजीनामा दिएको छ । कांग्रेसले गभर्नरको रुपमा आफैँलाई प्रस्ताव गर्ने भएपछि उनले सिफारिश समितिको सदस्यबाट राजीनामा दिएको हो ।
अस्ति शनिवार कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा.गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिश गरेका थिए ।
यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको खबर सार्वजनिक भएको थियो ।
त्यसै अनुसार भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा।नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
