
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्। २,५६९ औं बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन्।
‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।’ उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन्।
Sudina Shrestha
प्रकाशित: २९ बैशाख २०८२, सोमबार ०९:२३
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
