काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले गत हप्ता काठमाडौंमा आयोजना गरेको ‘श्री रिद्दी सिद्दी ज्वेलर्स ड्रेस टु इम्प्रेस सीजन ११’ मा चार जना डिजाइनरहरुको पहिरन उत्कृष्ट भएको छ ।

प्यासन द लाइफ टाइम टीस्यू तथा बेरिना प्रोफेशनल्स सह–प्रायोजक रहेको उक्त प्रतियोगितामा १३७ जना फेसन डिजाइनर प्रतिष्पर्धीहरु मध्ये रोजिना भण्डारी, साहिल जंग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचा मगर विभिन्न चार विधामा सर्वोत्कृष्ट भएका हुन् ।

प्रतियोगितामा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर, साहिल जंग क्षेत्रीले पप आर्ट एण्ड इलेक्ट्रिक इलिमेन्टस, ललिता हासदाले ट आए एण्ड द आर्टिष्ट तथा करिष्मा बुचा मगरले प्रिल सीकर्स विधातर्फ सर्वोत्कृष्ट भएका हुन् ।

प्रतियोगितामा डिजाइनर समा राईले आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियनको उपाधि जितिन् भने सरिता थापा मगरले आईआईएफटी स्ट्रोम्स शर्ड च्याम्पियनको उपाधि जितिन् । त्यस्तै डिजाइनर प्रजिना तुलाधरले आईआईएफटी पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन् ।

प्रतियोगितामा फेसन डिजाइनरहरु निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाक्वा, निशा श्रेष्ठ, सञ्जिता बराल तथा द हिडेन ट्रेजरका निर्देशक रुपेश प्रधान रहेका थिए ।

प्रतियोगितामा मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी तथा मिस नेपाल अर्थ २०२४ सुमना केसीका साथमा अभिनेत्री दिया मास्के शोस्टपरको रुपमा रहेका थिए ।

आयोजक आईआईएफटी नेपालका अध्यक्ष फुपू तेञ्जिङ शेर्पाका अनुसार शनिवार भव्य रुपमा सम्पन्न भएको ‘ड्रेस टू इम्प्रेस’ मा आईआईएफटी स्कूल अफ फेशन डिजाइनमा अध्यनरत विद्यार्थीहरूले आफ्ना लागि आफैँले ड्रेस बनाएर, आफैँले लगाएर आफैँ स्टेजमा प्रस्तुत गरेका थिए ।

ड्रेस टु इम्प्रेस सीजन ११ मा आईआईएफटी स्कूल अफ फेसन डिजाइनका विद्यार्थीहरूले चार वटा थीममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजनाहरू प्रदर्शन गरेका हुन् ।

आईआईएफटी स्कूल अफ फेशन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ । ड्रेस टु इम्प्रेस सीजन ११ मा आईआईएफटी स्कूल अफ फेसन डिजाइनका विद्यार्थीहरूले चार वटा थीममा डिजाइन गरिएका पहिरनसहितको आफ्नो सृजनाहरू प्रदर्शन गरेका हुन् । आईआईएफटी स्कूल अफ फेशन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।







































































































































































































































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
