काठमाडौं । नेपालक्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी) ले जनचेतनामूलक वार्षिक नयाँ वर्ष २०८२ को क्यालेण्डर प्रकाशन गरेको छ । उक्त क्यालेण्डरको काठमाडौंमा एक समारोहबीच प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलगायत अन्य सेलिब्रेटिहरुले संयुक्त रुपमा सार्वजनिक गरेको थियो ।
शनिबार काठमाडौं, महाराजगञ्जस्थित मण्डला नर्लिङ लर्ड होटलमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गर्दै उपसभामुख रानाले नेपालक्यान्सर निवारण प्रतिष्ठानको क्रियाकलाप र गतिविधिहरुको प्रशंसा गरिन् ।
उक्त क्यालेण्डर नेपालको सबैभन्दा ठूलो र विश्वसनीय कुरियर नेपाल क्यान मुभद्वारा, नेपाल अधिराज्यभरको ७७ जिल्लाहरु, वाणिज्य बैंकहरु, विदेशी कुटनीतिक कार्यालयहरु, राजदूतावासहरु, उपत्यकका नगरकार्यालयहरु, सरकारी कार्यालयहरु, मन्त्रालयहरु, हस्पीटलहरुलाई निःशुल्क वितरण गरिएको थियो ।
यसरी यस प्रतिष्ठानले क्यान्सरको जनचेतना अभिबृद्धि गराउनको लागि सद्भावनादूतहरु वर्तमान मिस नेपाल, पूर्व मिस नेपालहरुबाट क्यान्सर सम्बन्धिआ–आफ्नो सचेतनात्मक धारणा व्यक्त गरेका थिए ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
