गोरखा, पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य तिव्र बनाएको थियो ।
साँझ करिव साढेँ सात बजे मृत अवस्थामा उनी फेला परेको प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । ‘डुबेकै स्थान नजिकै उनको शव भेटियो,’ डिएसपी सुवेदीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदै छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
