
गोरखा, पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य तिव्र बनाएको थियो ।
साँझ करिव साढेँ सात बजे मृत अवस्थामा उनी फेला परेको प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । ‘डुबेकै स्थान नजिकै उनको शव भेटियो,’ डिएसपी सुवेदीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदै छ ।’
Sudina Shrestha
प्रकाशित: २६ बैशाख २०८२, शुक्रबार २३:३८
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
