काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल स्वीकृति प्रक्रियामा रहेका ८९ वटा पाइपलाइन आईपीओ (प्राथमिक सेयर निष्कासन) सम्बन्धी विस्तृत विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ ।
बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम जोड्दै केही निजी ऊर्जा उत्पादकहरूले आईपीओ स्वीकृतिको सन्दर्भमा कमिसन मागिएको आरोप लगाएपछि, त्यसबारे विवरण संकलन गर्न अख्तियारको टोली बुधबार बोर्ड कार्यालय पुगेको थियो । दिनभरको छलफलपछि बोर्डले ती ८९ कम्पनीको हालको अवस्था सम्बन्धी विवरण अख्तियार टोलीलाई हस्तान्तरण गरेको जनाइएको छ ।
तीमध्ये ७८ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ वा त्यसभन्दा कम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति मागेका छन्, भने बाँकी ११ कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने प्रस्ताव राखेका छन् । यसबाहेक, बोर्डले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइरहेका १७ कम्पनीको विवरण पनि अख्तियारलाई उपलब्ध गराएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
