काठमाडौं , ७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान बुधबार भारततर्फ प्रस्थान गरेकी छन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।
७ देखि ३१ मेसम्म भारतको तेलांगानाको हैदराबादमा यसवर्षको मिस वर्ल्ड आयोजना हुँदैछ । त्यसतर्फ प्रस्थान गर्नुअघि सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन् । फिनालेका लागि आफू उत्साहित रहेको उनको भनाई छ । सन् २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन् । उनको ब्याचका विजेताले भने अघिल्लो वर्ष मिस अर्थ र मिस इन्टरनेसनलमा सहभागिता जनाइसकेका छन् ।
जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिने ‘पञ्च प्रणाली’ परियोजनालाई मिस वर्ल्डमा प्रस्तुत गर्नेछिन् । मंगलबार बेलुका मिस वर्ल्डले तेलंगानामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको छ ।
बलिउड अभिनेता सोनु सुदलाई जजको रुपमा चिनाइएको छ । यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । फिनाले चाहिँ ३१ मेमा आयोजना हुनेछ । फिनालेमा सहभागी हुन नेपालबाट हिडन ट्रेजरको टोली पनि हैदराबाद प्रस्थान गर्ने तयारी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
