काठमाडौं । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य वैशाख २४ भित्र नसकिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्रीले सोमबार सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधेका हुन् । यसअघि ओली प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषदले ३०० दिनभित्र अर्थात् वैशाख २४ सम्ममा त्रिवि मैदानमा फ्लड लाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरेको थियो ।
त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको बताएको ओलीको भनाइ छ ।
ओलीले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने निर्माण कम्पनीले बाचा गरेको पनि बताएका छन् । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको ओलीको भनाइ छ ।
मैदानको चोभार एन्डतर्फ अहिले प्यारापिट निर्माण धमाधम भइरहेको छ। चोभार एन्डतर्फको क्यामेराबक्सको दायाँ र बायाँमा प्यारापिट निर्माण भइरहेको छ । मैदानको चोभार एन्डतर्फ अहिले प्यारापिट निर्माण धमाधम भइरहेको छ । चोभार एन्डतर्फको क्यामेराबक्सको दायाँ र बायाँ प्यारापिट निर्माण भइरहेको छ ।
अहिले निर्माण हुने संरचना रंगशालाको ‘मास्टर प्लान’ को अंश मात्र हो । बाँकी काम अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएपछि अघि बढ्नेछ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
