
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको कार्य वैशाख २४ भित्र नसकिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका छन् ।
प्रधानमन्त्रीले सोमबार सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधेका हुन् । यसअघि ओली प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषदले ३०० दिनभित्र अर्थात् वैशाख २४ सम्ममा त्रिवि मैदानमा फ्लड लाइट र प्यारापिट निर्माण गर्ने निर्णय गरेको थियो ।
त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले गर्नु परेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको बताएको ओलीको भनाइ छ ।
ओलीले थप दुई महिनामा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम पूरा गर्ने निर्माण कम्पनीले बाचा गरेको पनि बताएका छन् । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको ओलीको भनाइ छ ।
मैदानको चोभार एन्डतर्फ अहिले प्यारापिट निर्माण धमाधम भइरहेको छ। चोभार एन्डतर्फको क्यामेराबक्सको दायाँ र बायाँमा प्यारापिट निर्माण भइरहेको छ । मैदानको चोभार एन्डतर्फ अहिले प्यारापिट निर्माण धमाधम भइरहेको छ । चोभार एन्डतर्फको क्यामेराबक्सको दायाँ र बायाँ प्यारापिट निर्माण भइरहेको छ ।
अहिले निर्माण हुने संरचना रंगशालाको ‘मास्टर प्लान’ को अंश मात्र हो । बाँकी काम अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएपछि अघि बढ्नेछ । फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो । फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ। कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार १०:५८
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
