एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद्ले सर्वसम्मतिमा यो योजना पारित गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको योजनाले गाजाको केही भूभागलाई नियन्त्रणमा लिने र त्यहाँका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको अधिकारीहरुले बताएका छन् ।
यस योजनाको उद्देश्य गाजामा रहेको प्यालेस्टाीनी विद्रोही समूह हमासलाई परास्त गर्नु र बन्धकहरूलाई मुक्त गराउनु हो । तर कतिपयले यो कदमले बन्धकहरूको ज्यानलाई अझ जोखिममा पार्ने बताएका छन् ।
यसका लागि इजरायली सेनाले हजारौं सञ्चित सैनिकहरूलाई पुनः बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गाजामा दुई महिनादेखि जारी पूर्ण नाकाबन्दीका कारण पुनः भोकमरीको सम्भावना देखिएको छ ।
गएको मार्च ५ देखि इजरायली सेनाले गाजामा पुनः ठूलो कारबाही शुरू गरेको हो । त्यसयता इजरायली आक्रमणमा कम्तीमा दुई हजार चार सय ३६ जनाको ज्यान गएको गाजामा सञ्चालित स्वास्थ्य निकायले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-06
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
