
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ –क्यान) ले आज विज्ञप्ति निकालेर आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न पाउने गरी प्रतिबन्ध फुकुवा भएको जानकारी गराएको हो ।
२०७९ सालको पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतिबन्ध लगाएको थियो ।
क्यानको इन्टिग्रिटी युनिटको प्रतिवेदनका आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै अब उनी राष्ट्रिय टोलीमा फर्किन बाटो खुलेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार १०:४९
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
