
कास्की । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा इरानी टोलीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधि जितेको इरानी टोलीले चार लाख ४४ हजार ४४४ रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख ४४ हजार ४४४ रुपियाँमा चित्त बुझायो । यसअघि त्रिभुवन आर्मी क्लबले एपिएफ क्बललाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो ।
पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई २२–२५ ले सुम्पिएको थियो । आर्मीले चौथो सेट २५–२३ को जित निकाल्यो । आर्मीले एक लाख ४४ हजार ४४४ रुपियाँ पायो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ बैशाख २०८२, मंगलवार १०:४८
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
