कास्की । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा इरानी टोलीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो ।
उपाधि जितेको इरानी टोलीले चार लाख ४४ हजार ४४४ रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख ४४ हजार ४४४ रुपियाँमा चित्त बुझायो । यसअघि त्रिभुवन आर्मी क्लबले एपिएफ क्बललाई ३–१ को सेटमा हराउँदै तेस्रो भयो ।
पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई २२–२५ ले सुम्पिएको थियो । आर्मीले चौथो सेट २५–२३ को जित निकाल्यो । आर्मीले एक लाख ४४ हजार ४४४ रुपियाँ पायो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
