
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत २७ गते शौचालयमा मृत भेटिएका कँडेलको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले तीन जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् ।
मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएको र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूले सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि कँडेलले आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागेका थिए । कँडेलले निकै दबाव दिएपछि उनीहरूले कँडेलकै हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ बैशाख २०८२, सोमबार ०८:४९
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
