काठमाण्डौ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर गरेको छ । अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
पौडेललाई अदालतले १ वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ बिगो बराबरको जरीवाना गर्न फैसला गरेको छ । पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाइएको छ ।
त्यसैगरी मेशिन खरिदका लागि ठेक्का पाएका म्याक्स इन्टरनेशनल प्रा. लि र कम्पनीका सीईओ अकबर हुसेनलाई पनि विशेषले दोषी ठहर गर्दै जरीवाना गरेको छ । मतियार भई काम गरेको भन्दै कम्पनीका सीईओ हुसेनलाई डेढ वर्ष कैद सजाय तथा दामासाहीले हुने १३ करोड ५८ लाख ५२ हजार ६ सय ८० रुपैयाँ जरीवाना गरी बिगो रकम प्रतिवादीबाट असुल उपर गर्न फैसलामा भनिएको छ ।
साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीहरु विकल पौडेल, म्याक्स इन्टरनेशनल प्रालि र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार एक सय ३ रुपैयाँ क्षतिपूर्ति शुल्क बापत पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ । अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापाले भने यो मुद्दामा सफाइ पाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-05
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
