
काठमाण्डौ । प्रतिनिधिसभा मंगलबारको बैठकले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित गरेको छ ।
भन्सारसम्बन्धी विधेयक उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पारित गरियोस् भनी प्रस्ताव पेश गरेको थियो ।
अब यी विधेयक राष्ट्रियसभामा जानेछन् । राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउनेछन् र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् । प्रतिनिधिसभाको बैठक आउँदो शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
Sudina Shrestha
प्रकाशित: १७ बैशाख २०८२, बुधबार ०८:३४
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
