
काठमाण्डौ । नारायणगढ–बुटवल सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्डमा सडक विस्तारका लागि आउँदो ३१ गतेसम्म रातमा गाडीको आवागमन बन्द गरिने भएको छ ।
यसअघि हिजोसम्म रातको ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम हुँदै आएको थियो । आजदेखि यसलाई थप गरेर अबका १६ दिन अर्थात् आउँदो वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।
नवलरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने र रातमा ६ घण्टा आवागमन बन्द हुनेछ ।
दाउन्ने खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी छ । यो कामलाई वर्षाअगावै सम्पन्न गर्नका लागि थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।
१७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।
Sudina Shrestha
प्रकाशित: १६ बैशाख २०८२, मंगलवार ०९:१३
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
