काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्ने कायसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।
मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-29
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
