
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्ने कायसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।
मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ बैशाख २०८२, मंगलवार ०८:५८
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएपनि कार्यान्वयनमा चुनौती

‘ड्रेस टू इम्प्रेस सीजन ११’ को विभिन्न चार विधामा रोजिना, साहिल, ललिता र करिश्मा सर्वोत्कृष्ट (तस्विरहरु)

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा प्रकाशित क्याण्डर निःशुल्क वितरण

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारत प्रस्थान

आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा

नेपाली फुटबलको वार्षिक क्यालेन्डर सार्वजनिक
