काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत लमजुङकी एक महिलको मृत्यु भएपछि सुरु भएको विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले इन्सपेक्टर श्रेष्ठमाथि अनुसन्धानका लागि निलम्बन गरिएको बताएका छन् । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीलाई भने सरुवा गरिएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
