पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् ।
असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु३च २३५७ नम्बरको जिप आइतबार राति करिब साढे १० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-28
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
