काठमाडौं । नेपालमा सेवा र गुणस्तरका आधारमा ट्याक्सीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयका अनुसार अब ट्याक्सीलाई आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायत आधारमा तीन वर्गमा वर्गीकरण गरिएको छ । जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी वर्गीकरण गरिएको छ ।
वर्गीकरणका लागि सरकारले आवश्यक सुविधा र सर्तसमेत तोकिदिएको छ । यातायात व्यवस्था विभागबाट अब वर्ग कायम गरेरमात्र ट्याक्सी सञ्चालकले सेवा दिन पाउने भएका छन् ।
ट्याक्सीको भाडादर भने सरकारी निकायले तोके बमोजिम हुने मापदण्डमा उल्लेख छ । विशेष वर्गका ट्याक्सीको अधिकतम भाडा दर साधारण वर्गका ट्याक्सीको तुलनामा २० प्रतिशतसम्म बढी हुने गरी तोकिएको छ । विशिष्ट वर्गका ट्याक्सीको भाडा भने साधारण ट्याक्सीको तुलनामा शतप्रतिशतसम्म बढी हुन सक्ने गरी सरकारले मापदण्ड बनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
