
काठमाडौं । नेपालमा सेवा र गुणस्तरका आधारमा ट्याक्सीलाई तीन वर्गमा वर्गीकरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१’ कार्यान्वयनमा ल्याएको हो ।
मन्त्रालयका अनुसार अब ट्याक्सीलाई आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाको स्तर लगायत आधारमा तीन वर्गमा वर्गीकरण गरिएको छ । जसमा साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी वर्गीकरण गरिएको छ ।
वर्गीकरणका लागि सरकारले आवश्यक सुविधा र सर्तसमेत तोकिदिएको छ । यातायात व्यवस्था विभागबाट अब वर्ग कायम गरेरमात्र ट्याक्सी सञ्चालकले सेवा दिन पाउने भएका छन् ।
ट्याक्सीको भाडादर भने सरकारी निकायले तोके बमोजिम हुने मापदण्डमा उल्लेख छ । विशेष वर्गका ट्याक्सीको अधिकतम भाडा दर साधारण वर्गका ट्याक्सीको तुलनामा २० प्रतिशतसम्म बढी हुने गरी तोकिएको छ । विशिष्ट वर्गका ट्याक्सीको भाडा भने साधारण ट्याक्सीको तुलनामा शतप्रतिशतसम्म बढी हुन सक्ने गरी सरकारले मापदण्ड बनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार ०९:१८
नेपालमा अब तीन वर्गका ट्याक्सी

देशका अधिकांश भूभागमा गर्मी, काठमाडौंमा ३४ र भैरहवामा ४२ डिग्रीसम्म पुग्ने

चिकित्सक सङ्घद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

संसद्का दुवै सदनको अधिवेशन आजदेखि

एमसिसी अन्तर्गतका परियोजना चाँडै बन्द हुँदैछ
