एजेन्सी । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका परियोजना बन्द गर्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सल्लाहकार इलन मस्कले एमसिसी अन्तर्गतका परियोजना बन्द गर्ने तयारी गरेको हो ।
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुख बनाइएका मस्कले एमसिसी परियोजना चाँडै नै बन्द गरेर सरकारको खर्च कम बनाउने प्रक्रिया थालिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।बुधबार डोजले एमसिसी परियोजनामा आबद्ध कर्मचारीहरूलाई इमेल पठाएर परियोजना चाँडै बन्द हुने जानकारी गराएको अमेरिकी मिडिया सिएनएनको समाचारमा उल्लेख छ ।
परियोजना बन्द गर्न लागिएकाले उक्त परियोजनाका कर्मचारी पनि कटौती गर्ने भनेर डोजले एमसिसीका कर्मचारीहरूलाई इमेल गरेको बताइएको छ ।उनीहरूलाई स्वेच्छिक अवकासका लागि निवेदन दिन पनि भनिएको सिएनएनले उल्लेख गरेको छ । स्वेच्छिक अवकासमा नजाने कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिने बताइएको छ। अर्को अमेरिकी पत्रिका पोलिटिकोले डोजले एमसिसीका कर्मचारीहरूलाई पठाएको इमेल नै प्राप्त भएको भनेर समाचार लेखेको छ।
ि
परियोजनाले नेपालसहित २० देशमा विभिन्न काम गर्दै आएको छ । यसमा ३२० जना कर्मचारी रहेको बताइएको छ। तत्कालका लागि सिइओबाहेक सबैलाई हटाउने तयारी भएको अमेरिकी मिडियाहरूले लेखेका छन् । परियोजना कहिलेदेखि बन्द हुन्छ भन्ने चाहीँ पुष्टि भएको छैन । कर्मचारीहरूलाई पठाइएको इमेलमा ९० दिनभित्र एमसिसीका सबै परियोजना बन्द गरिने भनिएको पोलिटिकोले लेखेको छ ।
डोजले उक्त प्रस्ताव एमसिसीको सञ्चालक समितिमा चाँडै, ढिलामा अर्को साता पेस गर्ने तयारी गरेको छ। समितिमा विदेशमन्त्री मार्को रूबिओ, अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि र निजी क्षेत्रबाट सदस्य छन् । परियोजना बन्द हुँदा नेपालसहित २० देश प्रभावित हुने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
