
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।
विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।
यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्डलाई परीक्षा सार्न आग्रह गरेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० बैशाख २०८२, बुधबार ०८:४७
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

मेरो नेतृत्व पार्टी, देश र जनताको हितमा छ: प्रधानमन्त्री ओली

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

कश्मिरमा आतंककारी हमलाः एक नेपालीसहित २७ जना मारिए, मोदी भ्रमण छोट्याएर स्वदेश फर्किंदै

कक्षा १२ को परीक्षा नरोकिने

विश्व विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा
