काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा परी एक नेपालीसहित २७ जनाको मृत्यु भएको छ । दैनिक भाष्करका अनुसार पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको हो ।
मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ । त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ । भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
त्यहाँ घुम्न गएका पर्यटकहरुमाथि मंगलबार गोली प्रहार गरी हत्या गरिएको हो । आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । मारिनेहरुमा नेपाल र यूएईका नागरिकसहित भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने यतिबेला साउदी अरब भ्रमणमा छन् । पर्यटकमाथि आतंकवादीले आक्रमण गरेको सूचना पाएपछि उनी भ्रमणका कार्यक्रम छोट्याएर स्वदेश फर्किन लागेको द हिन्दूले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
