
एजेन्सी । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले आफूहरूलाई हानि पुग्ने गरी अमेरिकासँग व्यापारिक सम्झौता गरेमा ती देशहरूविरुद्ध कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको हो ।
यस्तै वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न चीन अरू देशसँग सामेल हुन तयार रहेको पनि बताएको छ । अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाव दिन सक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि बेइजिङको यो बयान आएको हो ।
अहिले अमेरिका र चीनबीचको व्यापार युद्ध चुलिएको छ । ट्रम्प दोस्रो पटक सत्तामा फर्किएपछि अमेरिका र चीनबीच करसम्बन्धी घोषणाहरूको लहर चलिरहेको छ । ट्रम्पले चीनबाट हुने आयातमा १४५ प्रतिशतसम्मको कर लगाउनुभएको छ । यस्तै अन्य देशहरूले पनि जुलाईसम्म १० प्रतिशत कर सामना गरिरहेका छन् ।
ट्रम्प प्रशासनले गएको हप्ता केही चिनियाँ सामानहरूमा कर २४५ प्रतिशतसम्म पुग्नसक्ने बताएको थियो । चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाउँदै अन्तिमसम्म लड्ने वाचा गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धले यस महिनाको शुरूमा विश्वव्यापी वित्तीय बजारमा धक्का लागेको थियो ।
Sudina Shrestha
प्रकाशित: ९ बैशाख २०८२, मंगलवार ०८:२८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
