
काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु भएको छ । मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लाग्दा चारजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
यस्तै, करेन्ट लागेर दुई जना घाइते भएका छन् । उनीहरुहलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमयलाई काठमाडौं ल्याउन लागिएको हो ।
त्यसका लागि काठमाडौंबाट हेलिकप्टर ताप्लेजुङका लागि प्रस्थान गरिसकेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ बैशाख २०८२, सोमबार ०८:३४
दर्ता भएनन् सामाजिक सञ्जाल, समय थप्ने तयारी

व्यापार घाटा ६.४५ प्रतिशतले बद्धि

कालिकोट ट्याक्टर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको मृत्यु

उपसभामुखहरूको सम्मेलनबाट ७ बुँदे जनकपुर घोषणापत्र २०८२ जारी
