काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि नै दिएको जानकारी दिएकी हुन् ।
अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन । रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले जानकारी गराए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
