
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि नै दिएको जानकारी दिएकी हुन् ।
अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिएका थिए ।
तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन । रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले जानकारी गराए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार ०८:५३
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
