
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दस अर्ब रुपैयाँ बराबरको अनियमितता एवम् भ्रष्टाचार भएको पाइएको छ । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सो निष्कर्ष निकालेको हो ।
सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित उपसमितिले सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नसम्मको प्रक्रियामा संलग्न पदाधिकारी, कर्मचारी र सरोकारवालामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिएको छ ।
उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । अधिकारी २०७१–७४ सालसम्म आयोजनाका प्रमुख थिए भने माघ २०७८ देखि प्राधिकरणको महानिर्देशक छन् ।
साथै, पूर्वमहानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल, आयोजना प्रमुख विनेश मुनाकर्मी, निर्देशक चाँदमाला श्रेष्ठ, प्रविन न्यौपानेलगायतमाथि पनि छानबिनको सिफारिस गरिएको छ ।
उपसमितिले खिलराज रेग्मी नेतृत्वको सरकारबाट गरिएको लागत वृद्धि निर्णय र त्यसमा आधारित भएर भएको अनियमितता तत्काल अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ । उपसमितिले मन्त्रिपरिषद्का नीतिगत निर्णयलाई आवरण बनाइ भ्रष्टाचार गरिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार ०८:२९
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
