काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दस अर्ब रुपैयाँ बराबरको अनियमितता एवम् भ्रष्टाचार भएको पाइएको छ । सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले सो निष्कर्ष निकालेको हो ।
सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित उपसमितिले सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्नसम्मको प्रक्रियामा संलग्न पदाधिकारी, कर्मचारी र सरोकारवालामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिएको छ ।
उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । अधिकारी २०७१–७४ सालसम्म आयोजनाका प्रमुख थिए भने माघ २०७८ देखि प्राधिकरणको महानिर्देशक छन् ।
साथै, पूर्वमहानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल, आयोजना प्रमुख विनेश मुनाकर्मी, निर्देशक चाँदमाला श्रेष्ठ, प्रविन न्यौपानेलगायतमाथि पनि छानबिनको सिफारिस गरिएको छ ।
उपसमितिले खिलराज रेग्मी नेतृत्वको सरकारबाट गरिएको लागत वृद्धि निर्णय र त्यसमा आधारित भएर भएको अनियमितता तत्काल अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ । उपसमितिले मन्त्रिपरिषद्का नीतिगत निर्णयलाई आवरण बनाइ भ्रष्टाचार गरिएको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-18
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
