काठमाण्डौ । च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराउँदै आर्सनल सेमिफाइनलमा पुगेको छ । गएरातिको खेलमा रियल म्याड्रिडलाई २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रतासहित आर्सनल अन्तिम चारमा पुगेको हो । योसँगै १५ पटकको विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।
अर्को खेलबाट इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखसँग गएराति २–२ को बराबरी खेलेपछि समग्रमा ४–३ को अग्रतासहित इन्टर अन्तिम चारमा पुगेको हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) र बार्सिलोना यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनलमा बार्सिलोना र इन्टर तथा पीएसजी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
