
एजेन्सी । अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको हो ।
अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ ।
७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेकोले चीनबाहेकका देशमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ ।
यसैबीच ट्रम्पको कर वृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले प्रक्षेपण गरेको छ । पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ ।
डब्ल्यूटीओले यसअघि यो वर्ष सन् २०२५ मा विश्वव्यापी सामान व्यापार २।७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ बैशाख २०८२, बिहीबार ०९:०२
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
