
तुलसीपुर (दाङ), । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो ।
अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च वापत रु २५ हजार उपलब्ध गराउनुभएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
उनीहरु प्रत्येक वर्ष तीज, दशैँ र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन् । केहीदिनदेखि उहाँहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दशैँ खर्च माग्दै आउनुभएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ आश्विन २०८०, मंगलवार १६:५९
हिमालय एअरलाइन्सद्धारा प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

निषेधित क्षेत्रमा प्रदर्शन गरेर सामूहिक रूपमा थुनामा जान तयार छौं: लिङ्देन

पाँच रुपैयाँका नयाँ नोट चलनचल्तीमा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

पोखरा विमानस्थल निर्माणमा दस अर्ब भ्रष्टाचार भएको निष्कर्ष

वीरगञ्ज महानगरमा वैशाख १ गतेदेखि लगाइएको कर्फ्यु हट्यो
