
काठमडौं । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने ओपीडी, गाइनो र प्रजनन क्षमता, निदान र पोषण र चिकित्सा सुविधाका साथै एन्डोस्कोपी, कोलोनोस्कोपी, ईसीजी, ईईजी, पल्मोनरी फंक्शन टेस्ट, एफएनएसीरबायोप्सी, एक्स(रे, अल्ट्रासाउन्ड, डप्लर, कलेजो स्वास्थ्य, मुटु स्वास्थ्य, मिर्गौला स्वास्थ्य, मस्तिष्क वा न्यूरो स्वास्थ्य र युरोलोजी, सामान्य शारीरिक जाँच, इको, न्यूक्लियर कार्डियोलोजी परीक्षण, दन्त, माइनर र मेजर अपरेशन,जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ बैशाख २०८२, मंगलवार ०९:४१
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
