भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (महासंघ)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् ।

फाेनिजकाे लेखा समिति संयाेजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।यस्तै प्रदेश १ काे प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशकाे इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् । यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिए ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-13
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
