काठमाण्डौ । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानून व्यवसायी सङ्गठनको गठबन्धन उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले पाँच हजार ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६ सय २१ मत मात्रै प्राप्त गरे ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको छ । कांग्रेस निकट कानून व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमाले निकट कानून व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए ।
महासचिवमा केदारप्रसाद कोइराला चार हजार आठ सय ७४ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुई हजार तीन सय ६७ मत प्राप्त गेरे ।
उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
