
काठमाण्डौ । नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानून व्यवसायी सङ्गठनको गठबन्धन उम्मेदवार वरिष्ठ अधिवक्ता मिश्रले पाँच हजार ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६ सय २१ मत मात्रै प्राप्त गरे ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अध्यक्षमा मिश्रसहित प्यानल नै निर्वाचित भएको छ । कांग्रेस निकट कानून व्यवसायीहरूले अध्यक्षसहित १२ पद र एमाले निकट कानून व्यवसायीहरूले महासचिवसहित १२ पदमा उम्मेदवारी दिएका थिए ।
महासचिवमा केदारप्रसाद कोइराला चार हजार आठ सय ७४ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले दुई हजार तीन सय ६७ मत प्राप्त गेरे ।
उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ चैत्र २०८१, शुक्रबार ०८:२८
नयाँ वर्ष २०८२ः कुन महिनामा कति दिन बिदा ?

उद्घाटन भएको १७ वर्षपछि तल्लो मूलपानी मैदानमा अन्तर्राष्ट्रिय खेल

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति पौडेल

Curfew lifted in Birgunj

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन

आजदेखि नयाँ वर्ष २०८२ शुरू
