काठमाण्डौ । विदेशमा रहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अरु आवश्यक कागजात लिएर खाता खोल्न सक्ने भएका छन् ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा यसरी खोलिने खाताका सम्बन्धमा खातावाला व्यक्ति नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अरु आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-04-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
