
काठमाण्डौ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरीका अनुसार हिजो (मङगलवार) बेलुका सवा ७ बजेतिर जयगढ बजारमा रहेको आईएमई सेन्टरभित्र खाना पकाउने ग्यास पड्किएपछि आगो शुरू भएको थियो ।
आईएमई सेन्टर भित्रै एउटा कोठा भान्साको लागी प्रयोग गरिएको थियो । आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो निभइएको प्रहरीले जनाएको छ । साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २६ चैत्र २०८१, बुधबार ०८:५५
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
