चितवन। चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई विसं २०५७ माघ २५ को फैसलाले रु ५० हजार जरिवाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई रु एक लाख जरिवाना तथा १० वर्ष कैद तोकेको थियो ।
उनीहरुलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको हो । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरीलाई असोज ६ गते पक्राउ गरिएको हो ।
सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो । अन्यलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका उनीहरुलाई कारागार कार्यालय भरतपुर पठाइएको तिवारीले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
